• आज शेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक मंगलवार ५ दशमलव ५९ अंक घटेर २ हजार ८१५ दशमलव ०६ विन्दुमा झरेको हो ।

    त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंकले घटेको छ । मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँमा किनबेच भयो ।

4565