• साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक करिब ११ अंकले घटेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक ओरालो लागेसँगै नेप्से परिसूचक १० दशमल ८३ अंक घटेर २९२० दशमलव ५१ विन्दुमा झरेको छ ।

    नेप्से ओरालो लागे पनि यस दिन सेन्सेटिभ इण्डेक्स ० दशमलव ०६ अंक बढेको छ । आज २३२ कम्पनीको ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से ओरालो लागे पनि विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको ३२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

4565