• साताको पहिलो दिन आज शेयर बजारमा नेप्से परिसूचक ६० अंकभन्दा बढीले बढेको छ । नेप्से ६० दशमलव ४१ अंक बढेर २५८४ दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । गत बुधबार ३ अर्ब ६२ करोडको शेयर कारोबार भएको बजारमा आज २४० कम्पनीको ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको ७१ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

    आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५ दशमल ०८ प्रतिशतले बढेको छ । त्यसैगरी, निर्जीवन बीमा उपसमूहको परिसूचक ३ दशमलव ५४ प्रतिशत बढेको छ भने विकास बैंकको ३ दशमलव ४२ प्रतिशत बढेको छ । सबैभन्दा बढी हिमालयन डिष्टिलरीको ४४ करोड ९४ लाखको शेयर खरिदबिक्री भएको छ ।

4565