-
एक महिना देखि केही दिन बाहेक निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार बढेको छ । सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै बस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने ब्यवस्था गरेको छ । राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षाले नेप्से परिसूचकमा हरियाली छाएको छ । सोमबार १७.९३ अंकले गिरावट आएको नेप्से परिसूचक आज ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको छ । यता ठूला कम्पनीको बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११.३४ अंकले बढेर ४६२.५२ अंकमा पुगेको छ ।
आज कारोबारमा आएका २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार नेप्से सूचक बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको छ । जसमा सबै भन्दा बढी अन्य उपसमूहको ३.८८ प्रतिशत, हाइड्रोपावर ३.६३ प्रतिशत, विकास बैंक उपसमूहको ३.४१ प्रतिशतले बढेको छ । भने बैंकिङ्ग उपसमूह २ प्रतिशत, व्यापार २.९२ प्रतिशत,र्निजिवन बिमाको २.०४ प्रतिशत, लगानी उपसमूहको १.९३ प्रतिशतले बढेको छ।
आजको कारोबारमा तीन कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। मंगलबार ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशत, जानकी फाइनान्सको ९.८१ प्रतिशत, रसुवागढि हाइड्रोपावरको ९.२१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ८.२६ प्रतिशतले बढेको छ।
त्यस्तै गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.८९ प्रतिशतले घटेको छ भने तेह्रथुम पावरको ३.२६ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.९९ प्रतिशत र सामलिङ्ग पावरको ०.४२ प्रतिशतले घटेको छ।
कारोबारको आधारमा सबैभन्दा बढि हिमालयन डिस्टिलरीको १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । भने नबिलको १४ करोड १८ लाख रुपैयाँ र नेपाल टेलिकमको १० करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
News Desk 0 response मङ्लबार, पुस ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





