• शेयर बजारमा भारी गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अंकमा झरेको छ । नेप्से छ महिनायताकै न्यून विन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै शेयर कारोबार रकम पनि घटेको छ ।

    आज २२६ कम्पनीका ६५ लाख ६० हजार ९ सय ४७ कित्ता शेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपैयाँमा कारोबार भयो । बैंकहरुमा तरलताको चरम संकट उत्पन्न भएसँगै बजार प्रभावित भएको हो । बुधबार सेयर बजारका सबै उपसमूह राताम्मे भएका छन् ।

    विकास बैंक, हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचक ३ प्रतिशतभन्दा धेरैले घटेको छ । आज सबैभन्दा बढी नेश्नल हाइड्रोपावरको ११ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

4565