• चीनले ताइवानमाथि अधिकार जमाउन कुनै पनि कदम चाले भयानक परिणामको सामना गर्नुपर्ने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइवानको स्वायत्तता खोस्ने काम नगर्न चीनलाई चेतावनी दिएका हुन । रोयटर्स नेक्स्ट कन्फेरेन्समा ब्लिन्केनले ताइवानलाई अमेरिकाले आफ्नो रक्षा गर्नका लागि सघाउने समेत बताए ।

    चिनियाँ नेतृत्वले ताइवानको मुद्दाबारे संकटलाई निम्तो नदिने विश्वास समेत उनको छ । चीनले ताइवानको स्वायत्तता खोस्ने प्रयास गरे कसैका लागि पनि राम्रो नहुने विदेशमन्त्री ब्लिन्केनले बताए । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले ताइवानलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रयास गरिरहेको छ ।

    चीनले ताइवान आफ्नो भूमि भएको भन्दै अन्र्तराष्ट्रिय हस्तक्षेप स्वीकार्य नहुने बताउदै आएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति बाइडेनलाई ताइवानको मुद्दामा दखल दिनु भनेको आगोसँगै खेल्नु जस्तै भएको चेतावनी दिइसकेका छन ।

4565