-
किसानको बारीबाट उठाइएका उत्पादन खुद्रा बजारसम्म पुग्दा कैयौं गुणा बढी मूल्य पर्ने गरेको गुनासो पुरानो होइन । नियमित अनुगमन र दोषीलाई कारवाही नहुँदा बिचौलियाको राज बढ्दो छ भने किसान र उपभोक्ता ठगिएको ठगिएै छन् ।
काठमाडौंको गोलढुंगामा एक किलो काउलीको २५ देखि ३० रुपैयाँ पर्छ, तर त्यही तरकारी एक किलोमिटर दुरीमा रहेको बालाजुस्थित तरकारी बजार पुग्दा उपभोक्ता करिब तीन गुणा बढी मुल्यमा किन्न बाध्य छन् । किसानले दुई रुपैयाँ पनि नाफा नगरी बेचेको काउलीलाई उपभोक्ताले त्यसको तीन गुणा बढी तिर्नुपर्ने अवस्थाले बजारको अवस्था प्रष्ट हुन्छ । जग्गा भाडामा लिएर ऋण खोजेर गरेको लगानी र परिश्रम गरेर उत्पादन गरेको तरकारी नाफा नखाइ बेच्नु पर्दाको पीडा किसान यसरी व्यक्त गर्छन् ।
सहज रुपमा उपलब्ध नहुँदा कतिपय समयमा किसानले बीउ, बेर्ना, मल महंगोमा किन्नुपर्ने बाध्यता किसानको छ । बढि लगानी र त्यही अनुसारको मेहनत गरेर उत्पादन गरेका तरकारी बेच्ने समयमा विचौलियाको मिलेमतोमा सरकारले नै बजार मूल्य घटबढ गरिँदिने गरेका उदाहरण पनि थुप्रै छन् । जसका कारण महंगोमा उत्पादन गरेको तरकारी कम मूल्यमा बेच्नुपर्ने बाध्यतामा किसान छन् ।
किसानले सस्तो मूल्यमा तरकारी बेच्नुपरेको गुनासो गरिरहँदा उपभोक्ता भने चर्को मूल्य तिरेर तरकारी किन्न बाध्य छन् । तरकारीको मूल्य अत्यधिक हुँदा कम आय भएका सर्वसाधारण तरकारी किन्नै नसक्ने अवस्थमा पुगेको गुनासो गर्छन् ।
किसान र उपभोक्तालाई ठगिनबाट जोगाउने जिम्मा लिएर बसेको सरकारी निकाय कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकिकरण प्रवर्धन केन्द्रले भने प्रभावकारी काम गर्न सकेको देखिँदैन । कृषि उपजको बजारीकरण र उपभोक्ताले बढी मूल्यमा किन्नु पर्ने बाध्यात्मक अवस्थालाई न्यूनीकरण गर्ने प्रयास भइरहेको केन्द्रको भनाइ छ ।
तरकारी बजारमा बिचौलिया राज एउटा दीर्घरोग भैसकेको छ । बजार सुधारका लागि सरकारले बिचौलियाका तहहरू घटाउन नसक्ने हो भने किसान र उपभोक्ता ठगिने क्रम कम नभइ बढेर जाने निश्चित छ ।
News Desk 0 response सोमवार, फाल्गुन २४, २०७७
सम्बन्धित शीर्षकहरु
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३





