-
किसानको बारीबाट उठाइएका उत्पादन खुद्रा बजारसम्म पुग्दा कैयौं गुणा बढी मूल्य पर्ने गरेको गुनासो पुरानो होइन । नियमित अनुगमन र दोषीलाई कारवाही नहुँदा बिचौलियाको राज बढ्दो छ भने किसान र उपभोक्ता ठगिएको ठगिएै छन् ।
काठमाडौंको गोलढुंगामा एक किलो काउलीको २५ देखि ३० रुपैयाँ पर्छ, तर त्यही तरकारी एक किलोमिटर दुरीमा रहेको बालाजुस्थित तरकारी बजार पुग्दा उपभोक्ता करिब तीन गुणा बढी मुल्यमा किन्न बाध्य छन् । किसानले दुई रुपैयाँ पनि नाफा नगरी बेचेको काउलीलाई उपभोक्ताले त्यसको तीन गुणा बढी तिर्नुपर्ने अवस्थाले बजारको अवस्था प्रष्ट हुन्छ । जग्गा भाडामा लिएर ऋण खोजेर गरेको लगानी र परिश्रम गरेर उत्पादन गरेको तरकारी नाफा नखाइ बेच्नु पर्दाको पीडा किसान यसरी व्यक्त गर्छन् ।
सहज रुपमा उपलब्ध नहुँदा कतिपय समयमा किसानले बीउ, बेर्ना, मल महंगोमा किन्नुपर्ने बाध्यता किसानको छ । बढि लगानी र त्यही अनुसारको मेहनत गरेर उत्पादन गरेका तरकारी बेच्ने समयमा विचौलियाको मिलेमतोमा सरकारले नै बजार मूल्य घटबढ गरिँदिने गरेका उदाहरण पनि थुप्रै छन् । जसका कारण महंगोमा उत्पादन गरेको तरकारी कम मूल्यमा बेच्नुपर्ने बाध्यतामा किसान छन् ।
किसानले सस्तो मूल्यमा तरकारी बेच्नुपरेको गुनासो गरिरहँदा उपभोक्ता भने चर्को मूल्य तिरेर तरकारी किन्न बाध्य छन् । तरकारीको मूल्य अत्यधिक हुँदा कम आय भएका सर्वसाधारण तरकारी किन्नै नसक्ने अवस्थमा पुगेको गुनासो गर्छन् ।
किसान र उपभोक्तालाई ठगिनबाट जोगाउने जिम्मा लिएर बसेको सरकारी निकाय कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकिकरण प्रवर्धन केन्द्रले भने प्रभावकारी काम गर्न सकेको देखिँदैन । कृषि उपजको बजारीकरण र उपभोक्ताले बढी मूल्यमा किन्नु पर्ने बाध्यात्मक अवस्थालाई न्यूनीकरण गर्ने प्रयास भइरहेको केन्द्रको भनाइ छ ।
तरकारी बजारमा बिचौलिया राज एउटा दीर्घरोग भैसकेको छ । बजार सुधारका लागि सरकारले बिचौलियाका तहहरू घटाउन नसक्ने हो भने किसान र उपभोक्ता ठगिने क्रम कम नभइ बढेर जाने निश्चित छ ।
News Desk 0 response सोमवार, फाल्गुन २४, २०७७
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





