• एसियाली विकास बैंक एडीबीले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहयोग गर्ने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको एक कार्यक्रममा एसियाली विकास बैंक एडिबी र अर्थमन्त्रालबीच नेपालको ऊर्जा क्षेत्रको विकासको लागि ऋण सहायता सम्बन्धी सम्झौता भएको हो ।

    सम्झौतामा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र एडिबीकोतर्फबाट नेपाल निर्देशक अर्नाउड काचोइसले हस्ताक्षर गरे । सम्झौता पछि अर्थमन्त्रालयका सचिव मरासिनीले नेपालमा विद्युत ग्रिडलाई आधुनिक बनाँउदै थप सेवा सुविधा र विस्तार गर्नु पर्ने भएकाले एडिबीसँग सम्झौता भएको बताए ।

    एडिबीले नेपालको ऊर्जा विकासका लागि जलविद्युत, प्रसारण लाइन तथा वितरण लाइनको निर्माण तथा स्तरोन्नतिका लागि ऋण सहायता उपलब्ध गराउँदै आएको छ ।

4565