• मंगलबार सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आज तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ ।

    सोमबार उक्त सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदीको प्रतितोला भाउ एक हजार दुइ सय सत्तरी बाट १२ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

4565