• जर्मन कम्पनी फाइजरले आफूले बनाएको कोरोना विरुद्धको खाने औषधी पनि निकै प्रभावकारी देखिएको बताएको छ । फाइजरले कोरोना विरुद्धको एन्टी भाइरल औषधीको प्रयोगले अस्पताल भर्ना हुनुपर्ने तथा मृत्यु दर ९० प्रतिशत कम गरेको दाबी गरेको हो ।

    ७ सय ७५ जनामा खाने औषधिको परीक्षण गरिएकोमा एक महिनापछि अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने खतरा ८९ प्रतिशत कम पाइएको हो । औषधिले कोरोनाबाट हुने मृत्युको खतरालाई शत प्रतिशत जोगाउने र आम रुपमा ९० प्रतिशत प्रभावकारी औषधी बनाउन सफल भएको फाइजरको दावी छ ।

    कोरोनाको खोप नलगाएका तर अस्पताल भर्ना गर्नुपर्ने गरी कोरोना संक्रमणको लक्षण भेटिएका मुटु तथा मधुमेहका बिरामीहरुमा फाइजरको औषधी प्रयोग गरिएको थियो । संक्रमण भएको ३ दिनभित्रै औषधी खुवाइएका मध्ये १ प्रतिशत भन्दा कमलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको र औषधी लिएको २८ दिनसम्म एक जनाको पनि मृत्यु नभएको पनि कम्पनीको दाबी छ ।

    ढिलो उपचार शुरु गरिएकाहरु मध्ये ७ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपरेको र सातै जनाको मृत्यु भएको फाइजरले जनाएको छ ।

4565