-
चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र ताइवानलाई शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्ने प्रतिज्ञा गरेका छन् । राजतन्त्र अन्त्य भएको १ सय १० औं वार्षिकोत्सवमा अवसरमा बेइजिङमा आयोजित कार्यक्रममा राष्ट्रपति सीले ताइवानसँग शान्तिपूर्ण माध्यममार्फत् पुनःएकीकरणको मार्ग पछ्याउने बताए ।
चीनको पुनःएकीकरणका लागि सबैभन्दा ठूलो अवरोध स्वतन्त्र ताइवानको माग गर्ने शक्ति भएको भन्दै उनले आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक विभाजन गर्न खोज्नेहरूको दुःखद अन्त्य हुने चेतावनी दिए । हङहङमा लागू गरिएको एक मुलुक दुई प्रणालीअन्तर्गत ताइवानसँग शान्तिपूर्ण पुनः एकीकरण गर्न चाहेको उनको भनाई थियो ।
अहिले हङकङलाई चीनले आफ्नो दावी गर्दै आएको छ भने हङकङ स्वतन्त्र राष्ट्र भएको बताउँदै आएको छ । राष्ट्रपति सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र बाह्य हस्तक्षेप अस्वीकार्य हुने पनि प्रस्ट पारे । ताइवानसँग सैन्य तनाव बढिरहेका बेला राष्ट्रपति सिको यस्तो प्रतिक्रिया आएको हो ।
राष्ट्रिय स्वाधीनता र अखण्डता रक्षा गर्ने चिनियाँहरूको संकल्पलाई कसैले पनि अवमूल्यन गर्न नहुने बताउँदै राष्ट्रपति सीले कुनै पनि हालतमा चीनको पुनः एकीकरण गरिने दाबी गरे ।
News Desk 0 response शनिबार, अशोज २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३