-
इटहरी । नेपाल दयानन्द मिसन ग्लोबल एकेडेमी (डिभिएम) इटहरीको आयोजनामा डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता–दोस्रो संस्करण बुधबार देखि सुरु भएको छ ।
विद्यालय स्तरमै पहिलो पटक लेदर बल प्रयोग गरेर सञ्चालन गरिएको यस प्रतियोगितामा मोरङ र सुनसरी जिल्लाका १९ वटा विद्यालयका टिम सहभागीता रहने छन्।
प्रतियोगिताको उद्घाटन खेल आयोजक डिभिएम एकेडेमी र टेन्डरफिट स्कुलबीच भएको थियो । विद्यार्थीस्तरमा क्रिकेटको प्रवद्र्धन, प्रतिभा पहिचान र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलप्रेमी विद्यार्थीमा उत्साह थपेको छ ।
प्रतियोगिताको विजेता टिमले सिल्ड, प्रमाणपत्रसहित २५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेता टिमलाई सिल्ड, प्रमाणपत्रसहित १५ हजार ५ सय ५५ रुपैयाँ नगद प्रदान गरिनेछ।
विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष इश्वरी प्रसाद पराजुलीका अनुसार प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ घोषणा गर्दै मेडल, प्रमाणपत्र र ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ। साथै उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही १–१ हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
उद्घाटन समारोहका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख देवेन्द्र मल्लले औपचारिक शिक्षासँगै अतिरिक्त क्रियाकलाप बालबालिकाको सर्वाङ्गीण विकासका लागि अपरिहार्य रहेको बताए । खेलकुदले अनुशासन, सहकार्य, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उल्लेख गर्दै उनले स्वास्थ शरीरमा नै स्वस्थ मस्तिष्क विकास हुन्छ, त्यसका लागि खेलकुद सबैभन्दा प्रभावकारी माध्यम बताए ।
त्यसैगरी विद्यालय सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार सुब्बाले क्रिकेट खेल सबैका लागि सहज र समावेशी भएको उल्लेख गरे। उचाइ, उमेर वा शारीरिक बनावटले बाधा नपु¥याउने भएकाले सबै विद्यार्थीले समान रूपमा सहभागिता जनाउन सक्ने भन्दै डिभिएम स्कुलले हरेक वर्ष नियमित रूपमा क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
News Desk 0 response बुधबार, पुस ९, २०८२
अध्यक्ष सुब्बाले विद्यालय स्थापना गर्नुको मुख्य उद्देश्य आधुनिक शिक्षासँगै नेपाली मौलिक कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्नु रहेको स्पष्ट पारे। “हामी बालबालिकालाई किताबी ज्ञानसँगै आफ्नै संस्कार, संस्कृति र मौलिकतासँग जोडेर सक्षम नागरिक बनाउने लक्ष्यका साथ अघि बढिरहेका जनाए ।
डिभिएम कपको उद्घाटन कार्यक्रम ध्रुवकुमार सुब्बाको अध्यक्षता तथा देवेन्द्र मल्लको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा इटहरी उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख रमेश कुमार शाह, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल, उपाध्यक्ष इश्वरी प्रसाद पराजुली, प्राचार्य डा. वेणु प्रसाद सिटौला लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३