• इटहरी । विश्व आर्दश एकेडेमीले चेस खेलमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गरि पाँच दिने चेस अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
    कक्षा ३ देखि ९कक्षा सम्म अध्ययरत ४४ जना छात्रछात्राको सहभागितामा पाँच दिने चेस अभिमुखिकरण तालिम आयोजना गरिएको हो ।
    तालिममा विद्यार्थीहरुलाई चेस मास्टर सुजन आचार्यले चेस खेलका विषयमा सहजिकरण गरेका थिए भने वुद्धिचाल भनिने चेस खेलले विद्यार्थीको मानसिक विकासमा पार्ने सकारात्मक फाईदाहरुका विषयमा समेत जानकारी दिने र विद्यार्थीहरुलाई विद्यालय देखिनै खेलकुदमा पनी दक्ष बनाउने उदेश्यले स्कुलमा विभिन्न खेल प्रशिक्षण गराउदै आएको तेक्वान्दो प्रशिक्षक फडिन्द्र खड्काले जानकारी गराए ।

    गराएका थिए । पाँच दिन सम्म सञ्चालन भएको अभिमुखिकरण तालिम एकेडेमीका उप प्रधानाध्यापक मोहन प्रसाद निरौलाको उपस्थितिमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरियो । गुणस्तरिय शिक्षाका साथै अतिरिक्त क्रियाकलापहरुका माध्यमबाट विद्यार्थीहरुलाई अव्वल वनाउने गरि विश्वआर्दश एकेडेमीले शैक्षिक तथा अतिरिक्त क्रियाकलापका गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

4565