-
इटहरी । जापानमा प्रसिद्ध आत्मरक्षा सम्बन्धी खेल कोबुदो केन्द्रित विशेष दुई दिने प्रारम्भिक किहोन सेमिनार कोशी प्रदेशको इटहरीमा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
नेपालमा पहिलोपटक आयोजना गरिएको यस प्रकारको सेमिनारमा वर्ल्ड ग्रान्ड मास्टर गियो गिबो सहित १२ जना अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरूले कोबुदोका विभिन्न विधाहरूमा सहभागी खेलाडीहरूलाई विशेष तालिम प्रदान गरेका थिए।कार्यक्रम मदनकुमार उप्रेतीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। मुख्यमन्त्री कार्कीले नेपालका खेलाडीहरू व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरिरहे पनि राज्यस्तरबाट पर्याप्त सहयोग र लगानी नहुनु दुःखद विषय रहेको उल्लेख गरे। साथै, प्रदेश सरकार खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै आगामी दिनमा विशेष कार्यक्रम र नीति निर्माणमार्फत समग्र खेल क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे।

मुख्य प्रशिक्षक वर्ल्ड ग्रान्ड मास्टर गियो गिबोले नेपाल–जापान सम्बन्ध अत्यन्त मित्रतापूर्ण रहेको बताउँदै कोबुदो खेलमार्फत दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले नेपालमा कोबुदो खेलप्रतिको चासो र प्रतिबद्धता देखेर आफु उत्साहित भएको बताए।
कोबुदो जापानको एक प्राचीन र लोकप्रिय आत्मरक्षा विधि हो जसले शारीरिक, मानसिक र आत्मिक सन्तुलनमा बल पुर्याउने विश्वास गरिन्छ। सेमिनारमा देशभरिबाट आएका खेलाडीहरूको उपस्थिति रहेको थियो। आयोजक समितिका सदस्य गणेश कटुवालका अनुसार इटहरीमा सम्पन्न यो तालिम कार्यक्रम नेपालमा कोबुदो खेलको आधार निर्माण गर्ने महत्वपूर्ण प्रयास हो।
कार्यक्रमले नेपाली युवा पुस्तामा आत्मरक्षा, अनुशासन, शारीरिक दक्षता र अन्तर्राष्ट्रिय खेलमा सहभागिता गर्ने सम्भावना उजागर गरेको आयोजकहरूको भनाइ छ।
News Desk 0 response सोमवार, साउन १२, २०८२
सम्बन्धित शीर्षकहरु
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३