• इटहरी । संगीतको क्षेत्रमा एक नयाँ उत्साह ल्याउँदै, इटहरीकी गायिका सुनिता कटवालले आफ्नो नयाँ गीत ‘गाँठो पारिदेउ’ गीतको म्यूजिक भिडियो यूट्यूबमा सार्वजनिक गरिएको छ । ।
    संगीतमा विशेष ज्ञान र अनुभव भएकी गायिका सुनिता कटवाल, जसलाई संगीतकी गुरुआमा भनेर पनि चिनिन्छ,को नयाँ गीत ‘गाँठो पारिदेउ’ गीतको म्यूजिक भिडियो अफिसियल यूट्यूब च्यानलमा सार्वजनिक भएको छ ।

    https://www.youtube.com/watch?v=tGq0jgeYgvg

    संगीत विद्यालय संन्चालन गर्दै आएकी गायिका कट्वालले एक औपचारिक शिक्षा दिनका लागि प्रेरित गर्दै इटहरीमा लामो समय देखि सक्रिय रहिरहेकी कट्वाल, युवा पुस्तालाई ध्यानमा राखेर धेरै मेहनत गर्दै आफ्नो सिर्जनाहरू बजारमा ल्याएको हो ।
    उनले विशेष गरी युवा श्रोताहरूका लागि यो गीत प्रस्तुत गरेकी हुन्, जसमा सबै उमेरका दर्शकहरूले पनि मनोरञ्जन लिन सक्ने छन् ।


    सङ्गीत पाठशालामा शिक्षिका र गायिकाको रूपमा स्थापित कट्वालले २० भन्दा बढी गीतहरूमा स्वर दिइसकेकी छिन ।
    गीतको शब्द रचना डिबी खनालले गरेका हुन् भने संगीत र एरेन्जिङ देवेश राईलेको रहेको छ ।
    भर्खर छायाँकन सकिएको गीतको म्यूजिक भिडियोमा पुनम श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको छ भने र सम्पादन दिनसन शाहीले गरेका छन्। भिडियोमा सुरेश कोइली र सम्रिका ढकालको प्रमुख अभिनय रहेको म्यूजिक भिडियोमा अन्य डान्सरहरूको पनि भुमिका रहेको छ ।


    लामो समयको मेहनतपछि उनले नयाँ डान्सिङ गीत ल्याउने अवसर पाएकोमा दर्शकहरूको प्रतिक्रिया र सुझावको अपेक्षा गर्दै आफ्नै युट्युव च्यानल मार्फत सार्वननिक गरेकि छिन ।

4565