• नेवार समुदायको महत्वपूर्ण जात्रामध्येको पहाँचर्हे जात्रा धुमधामका साथ मनाएको छ । कृष्ण चतुर्दशीका दिनबाट शुरु हुने यस जात्राको पहिलो दिन गणेश, भगवती, भैरबको पुजा, दोस्रो दिन कन्या पुजा र अन्तिम दिन असनमा चिलाख साटासाट गरि रथ जुधाएर मनाइएको हो ।

    नेवार समुदायको महत्वपूर्ण जात्रामध्येको एक पाँहाचह्रे जात्रा काठमाडौँको असनमा धुमधामका साथ मनाइएको छ । जात्राको तेस्रो तथा अन्तिम दिन शनिवार असनमा रथ जुधाएर जात्रा धूमधामका साथ मनाइएको हो । हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट बाजा गाजासहित स्थानीयले खट जात्रा गरी असन पु¥याएर जात्रा मनाउने गरिन्छ ।

    नेपाल भाषामा ‘पाहाँ’ भन्नाले अतिथि र चर्हे भन्नाले चतुर्दशी हुन्छ । पाँहाचर्हेलाई पिशाच चतुर्दशी पनि भन्ने प्रचलन छ । जात्राको अन्तिम दिन विभिन्न तीन स्थानबाट ल्याइएको अजिमालाई असनमा भेला गराएर तीन फन्को घुमाई चिलाख साटासाट गरिएको थियो । यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा रथ जुधाउने जात्रा भन्ने प्रचलन रहेको छ ।

    रथ असन चोकमा लाने क्रममा घरघरबाट रथमा चटामरी फाल्ने प्रचलन छ । जुन प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ । यस पर्बको उपलक्ष्यमा विहेभएका छोरी र आफन्तलाई निम्तो गरेर भोज खुवाउने परम्परा रहेको छ ।

    असनमा चिलाख साटासाट गरेपछि तीन वटै अजिमालाई आ–आफ्नो स्थानमा लगि भित्री सहर परिक्रमा गराइएको थियो । पाँहाचर्हे पर्वको अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा समेत गरिएको छ ।

4565