-
कुनै पनि अभिभावकलाई आफ्नो सन्तान प्यारो हुन्छ, आफ्नै सन्तान भएकोले मृत्युपछि पनि अभिभावको उाित्तकै माया हुन्छ र उनीहरुको शोकमा हुन्छन्। तर सुर्खेतको कर्णाली प्रदेश परिसरमा शनिबार बिहान कुकुरले मृत बच्चाको शव अस्पताल परिसरमा मुखमा च्यापेर घुमेको दृष्यले सबैलाई स्तब्ध बनाएको छ।
शनिबार सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल परिसमा कुकुरले मृत बच्चाको शब मुखमा च्यापेर घेुमिरहेको दृष्य सामाजिक सन्जालमा भाइरल बन्यो, अस्पतालमा बिरामी कुरुवा एकजनाले औषधि लिन बाहिर जाँदै गर्दा यो दृष्य देखे र उनले मोबाइलमा कैद गरे । उनले कैद गरेको यो हृदयविदारक दृष्यले समाजिक सन्जाल रंगियो । यो बच्चा कस्को हो ? कसले यहाँ यसरी बच्चा छोड्यो भन्ने अझै यकिन त भएको छैन ।
तर, यो दृष्य यति धेरै कारुणिक र दारुणिक छकी जसले जो कसैको पनि हृदयलाई स्तब्ध पारेकै हुनुपर्छ । यही हृदय विदारक अवस्था अस्पताल परिसरमा देखेका बिरामी कुरुवाले भने, औषधि किन बाहिर निस्कदा यस्तो दृष्य देखेपछि तस्बिर लिएको हुँ।
शनिबार बिहान करिब ७ बजेतिर यो दृष्य सामाजिक संजालमा पोष्टिभएपछि निकै भाइरल भएको छ । अस्पताल परिसरभित्र कुकुरले मृत बच्चा दाँतमा च्यापेको बच्चाको टाउको छैन । टाउकोबिनाको बच्चाको शव कुकुरले अस्पताल वरिपरि घुमाइरहे पनि कहाँबाट कुकुरले बच्चा भेट्यो र कसको बच्चा हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। यद्यपि अस्पताल प्रशासनले अभिभावकहरुले नै मृत बच्चा छोडेर गएको हुन सक्ने दाबी गरेको छ।
‘बिहान ७ बजेतिर एउटा मृत शिशुलाई टाउको नभएको अवस्थामा कुकुरले दाँतमा च्यापेर अस्पतालभित्रै ल्यायो । बच्चाको शव कुकुरले बोकेर यसरी अस्पताल परिसरमै ल्याउनुले अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरी र अभिभावकको गैरजिम्मेवारी प्रष्ट देखियो ।यसले के बुझाउँछ भने अस्पताल प्रशासन र बच्चाको अभिभावक गैरजिम्मेवार मात्रै होइन,अमानवीय भएको प्रष्ट हुन्छ। यसर्थ यो तहको गैरजिम्मेवार र क्रुरता देखाउने सम्बन्धितको छानविन गरी कडा कारबाही गर्नु जरुरी छ।
News Desk 0 response शनिबार, चैत्र १९, २०७८
‘
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३