-
सुनसरीको इटहरीमा भएको बम बिष्फोटनको घटनाको मुख्य योजनाकारका रुपमा रहेको भनिएका झापाका सञ्जय भनिने खगेन्द्र खरेल सहित चार जनालाई पक्राउ गरीएको सुनसरी प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर २मा डेरा गरी बस्ने लक्ष्मी थापाको डेरा कोठामा गत १४गते भएको बिष्फोटन घटनामा अनुसन्धान गर्ने क्रममा मुख्य योजनाकार खरेल लगायतका चार जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
इटहरी घटनामा संलग्न रहेको आरोपल प्रहरीले खरेल सहित कोठा भाडा लिएर वस्ने लक्ष्मी थापा बिष्फोटनबाट घाइते बनेका थापाका छोरो रविन थापा र अर्का घाइटते लम्जुङ जिल्ला ढोडेनीका शेरजंग गुरुङलाई नियन्त्रणमा लिएर बिष्फोटन तथा संगठित अपराध मुद्धामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको सुनसरीका प्रहरी प्रहरी उपरिक्षक सञ्जय सिहं थापाले जानकारी दिए ।
बिष्फोटन लगायतका अपराधिक गतिविधिमा संलग्न रहेदै आएका खरेलको योजनामा हिमाल सुरक्षा परिषद नेपालको नाममा निर्वाचन नजिकी रहेको समयमा आंकित वनाउने कार्यका लागि बिष्फोट गराउने योजना वनाइए रहकेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक थापाले वताए ।
अपराधिक गतिविधिमा संलग्न हुदै आएका खरेल पुर्व भारतीय सेना भएको तथा गोर्खा जनमुक्ती पार्टीको नाममा ग्रेटर नेपालको माग राख्दै २०७६ बैशाखमा झापाको कन्काई पुलमा बष्फोटन गराउने कार्यमा संलग्न भएको आरोपमा २ वर्ष ५महिना सजाय भुक्तान गरी सकेको व्यक्ति भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
इटहरीमा बिष्फोटन भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय ,संघिय प्रहरी इकाई कार्यालय धरान ,जिल्ला प्रहरी कार्यालय सुनसरी ,इलाका प्रहरी कार्यालय इटहरी लगायतको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न मानिसहरुको पहिचान र नियन्त्रणका लागि अनुसन्धान थालेको थियो ।
पक्राउ परेका रविन र शेरजंगलाई बिष्फोटन भएकै दिन , लक्ष्मीलाई १७ गते लुकिछिपी बसेको अवस्थामा इटहरीबाटै र मुख्य योजनाकार भनिएका खरेललाई १७ गते नै झापाको काकडभिटाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भई रहेको समेत जनाइएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १८, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३





