-
हेटौंडा– प्रहरीले हेटौंडा उपमहानगरको फरक फरक ठाउँबाट लागुपदार्थ सहित तिन जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइन सहितको लागुऔंषध सहित हेटौंडा २ संगमचौक र हेटौंडा १५ रातोमाटेबाट तिनजनालाई पक्राउ गरेको हो ।
प्रहरीले विशेष सूचनाको आधारमा हेटौंडा–२ संगमचोकबाट ना.४३ प ८६५१ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा–१५ का २३ वर्षीय राजेश खाती र राक्सिराङ–३ का २० वर्षीय आयुषा ठकुरीको साथबाट २ ग्राम ७५० मिलीग्राम लागूऔषध खैरो हेरोइन फेला पारेको हो ।
पक्राउ परेका दुबैलाई मकवानपुर जिल्ला अदालतबाट थप अनुसन्धानका लागि १६ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा सवारी साधान चेकको क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३–०२–००६ प २६१४ नम्बरको मोटर साइकलबाट जिल्ला धादिङ निलकण्ठ नगरपालिका–१४ का २९ वर्षीय बलराम गुरुङलाई पक्राउ गरेको छ ।
उनकोे साथबाट प्रहरीले ४ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र लागूऔषध नाइट्राभेट १३ ट्याब्लेट फेला परेको छ । प्रहरीले थप अनुसन्धानका लागि १८ दिनको म्याद गरी अनुसनधान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १८, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३