-
कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या सन्तोषजनकरुपमा वृद्धि भएको हो ।
गत आर्थिक वर्षमा आएका पर्यटकको सङ्ख्याभन्दा चालु आर्थिक वर्षको आठ महिनामा आएका पर्यटकको सङ्ख्या बढेको छ । यस अविधिमा निकुञ्जमा एक लाख आठ हजार २५४ पर्यटकले भ्रमण गरिसकेका छन् । निकुञ्जमा आव २०७७÷७८ मा घुम्न आउने पर्यटकको सङ्ख्या ९२ हजार २०९ मात्रै थियो । त्यस्तै आव २०७६÷७७ मा एक लाख ८२ हजार ४३५ व्यक्तिले भ्रमण गरेका थिए ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवको पहिलो आठ महिनामा विदेशी पाँच हजार ३९४ मध्ये दुई हजार ५४० महिला र दुई हजार ८५४ पुरुष थिए । तीमध्ये सार्क मुलुकका चार हजार ८६५ जना थिए ।
आन्तरिक पर्यटकको सङ्ख्या भने उल्लेख्य मात्रामा रहेको छ । चालु आवको आठ महिनामा ९७ हजार ८९५ आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा ४९ हजार सात महिला र ४८ हजार ८८८ पुरुष रहेका र गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६६७ आन्तरिक पर्यटक रहेका उहाँले जानकारी दिए ।
पछिल्लो आठ महिनामा निकुञ्ज प्रवेश गरेका एक लाख ८ हजार २५४ पर्यटकमध्ये ५३ हजार ८०९ महिला र ५४ हजार ४४५ पुरुष रहेका छन् ।
गत आवमा एक हजार ३६४ व्यक्ति सार्क मुलुकका र एक हजार २४४ अन्य मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेको सूचना अधिकारी तिवारीले बताए । गत आवमा कोरोना सङ्क्रमणको त्रासका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय हवाई उडान नभएकाले सार्क र विदेशी मुलुकबाट आउने पर्यटक नेपाल आउन नसक्दा निकुञ्जमा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको हो ।
आव २०७७-७८ मा भने निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ९६८ महिला तथा ५१ हजार ६३३ पुरुष पुगेका थिए । त्यस्तै सार्कबाट ५४९ महिला र ८१५ पुरुष तथा विदेशी मलुकबाट ५६२ महिला र ६८२ पुरुषले निकुञ्जको भ्रमण गरेका थिए ।पर्यटकले निकुञ्जमा हात्ती, जीप, डुङ्गा, पैदल सफारी गर्ने गर्दन् । दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत जनावर, चराचुरुङ्गी, वनस्पति, घडियाल गोही, माछालगायत अवलोकन गर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
News Desk 0 response बिहिबार, चैत्र १७, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३





