-
खोटाङको दक्षिणी क्षेत्र जोड्ने सडक खण्ड अन्तरगर्त पर्ने साप्सुखालामा नवनिर्मित मोटरेबल पुल संचालनमा आएको छ । पुल सञ्चालन संगै दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दाको आवतजावतमा सहज भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे पछि पुल औपचारिक रुपमा संचालनमा आएको हो । निर्माण कम्पनीले १ बर्षमा काम सम्पन्न गर्ने गरी २०७६ जेठ १७ गते सम्झौता गरेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा पुल निर्माण भए पछी यातायत सहज भएको छ ।
पुल अभावमा वर्षाको समयमा यातायात सञ्चालन नहुँदा आवतजावतमा समस्या हुनुका साथै दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समस्या हुने गरेको थियो । पुल निर्माण संगै विकासको ढोका खुलेको जनप्रतिनिधिले बताएका छन ।
News Desk 0 response मङ्लबार, चैत्र ८, २०७८
साप्सुखोलामा पुल बने पछि जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दा हर्षित भएका छन् ।दश स्थानीय तह रहेको खोटाङ जिल्लाका अधिकांश स्थानीय तह जोड्ने सडक खण्डका खोलाहरुमा पक्की पुल छैनन । पुल निर्माणको योजना बने पनि निर्माण कम्पनिको लापवाहीका कारण पुल समयमै सम्पन्न नहुदा नागरिकहरुले बर्षायममा सास्ती भोग्नु परेको छ । दिप्रङ चुईचुम्मा गाँउपालिकाका जनप्रतिनिधिहरुले जस्तो अन्य पालिकाका जनप्रतिनिधीहरुले पनि बिकास निमार्णमा समयमै खबरदारी र निगरानी गर्न आवस्यक छ ।
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३





