-
काभ्रे स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले खोपमा कुनै अनियमितता नभएको जिकिर गरेकाछन् । शुक्रबार काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा आधारभूत अस्पताल उदघाटन गर्दै उनले आफु मन्त्रालय आउँदा भ्रष्टाचारको डर लाग्दो अवस्था रहेको बताए । जतिबेला एमालेको ओली सरकार थियो ।
गठबन्धन सरकारले घोषणा गरे बमोजिम नै कोभिडको खोप लगाई रहेको भन्दै मन्त्री खतिवडाले खोपले कोरोना भाईरसबाट जोगिन खोप अनिवार्य रहेको बताए । बुस्टर डोज समेत देशैभर निःशुल्क चलिरहेको बताए ।
कोभिड खोप अहिले जतिपनि रहेको उनको भनाई थियो । बुस्टर डोज लगाउन सबैलाई आग्रह गरे । ’अहिले जति चाहिँ पनि खोप छ । आनन्दसंग भिडभाड नभएको बेला खोप लगाउनुस् । कोभिड बढेपछि लाईनमा बस्ने प्रबृत्तिको अन्त्य गरौं । म सबैलाई आग्रह गर्छु । बुस्टर डोज लगाईदिनुस् । मन्त्री खतिवडाले भने ।’
मन्त्री खतिवडाले पाँच करोड बढी खोप आएको बताए । पाँच पैसा पनि भ्रष्टाचार नभएको दाबी मन्त्री खतिवडाले गरे । ’म स्वास्थ्य मन्त्रालय प्रवेश गर्दै गर्दा भ्रष्टाचारको चाङ थियो । महामारीका बेला ओली सरकारले अनेक काण्ड मच्याईरहेका थिए । तर त्यसलाई सन्तुलन कायम राख्दै मन्त्रालय अहिले जनताको सेवामा समर्पित छ । कोभिड खोपमा मेरो कार्यकालमा कुनै अनियमितता भएको छैन् । हुन दिने छैन् । मन्त्री खतिवडाले भने ।’
मन्त्री खतिवडाले जेष्ठ नागरिक अस्पताल खोलिने बताए। जेष्ठ नागरिकहरूका लागि छुट्टै अस्पताल निर्माणका मन्त्री परिषद्ले स्वीकृत दिइसकेको बताए । मन्त्री खतिवडाका अनुसार नेपालको मध्य मागमा रहने गरी जेष्ठ नागरिक अस्पताल निर्माण हुनेछ । ’अहिले विभिन्न सेवा क्षेत्रको अस्पताल छ । जेष्ठ नागरिक अस्पताल निर्माणका स्वास्थ्य मन्त्रालयले गरेको प्रस्ताव मन्त्री परिषद् बैठकले स्वीकृति दिईसकेको छ । अब छिट्टै जेष्ठ नागरिक अस्पताल निर्माणको काम अघि बढ्नेछ । मन्त्री खतिवडाको भनाई छ ।’
मन्त्री खतिवडाले ओली सरकारले बिना पैसा देशभरका विभिन्न पालिकामा अस्पताल शिलान्यास गरेको आरोप लगाए । मन्त्री खतिवडाले विकासको कहिल्यै अन्त्य नहुने दाबी गरे । उन विकासको चरण फेरिने बताए ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशभित्रका ९८ प्रतिशत नागरिकलाई खोप लगाईसकेको बताए । मन्त्री लामाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेको काम गरिरहेको उल्लेख गर्दै भवन, आवश्यक स्वास्थ्य सामग्री र दक्ष जनशक्ति व्यवस्थापनको कामलाई प्राथमिकता राखेर काम गरिरहेको बताए ।
उनले उद्घाटन गरेको सो अस्पताललाई आवश्यक स्वास्थ्य सामग्रीका साथै स्वास्थ्यकर्मीको जनशक्तिको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन् ।मण्डनदेउपुर नगरपालिका प्रमुख टोक बहहादुर वाईबाले निर्वाचनको वेलामा गरेका प्रतिबद्धताहरु विस्तारै पूरा गर्दै गरेको बताउँदै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
मण्डनदेउपुर आधारभूत अस्पताल बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको साझेदारीमा निर्माण गरिएको हो । १० करोड भन्दा बढी लगानीमा अस्पताल निर्माण गरिएको हो ।
अस्पताल सञ्चालनमा आएपछि एक्स रेका लागि पाँचखाल, धुलिखेल, बनेपा धाउनु पर्ने छैन् । प्रयोगशालाको काम यहि अस्पतालमा हुनेछ । नेपाल सरकारले तोकेका सबै निःशुल्क औषधी त्यहि अस्पतालबाट उपलब्ध गराइनेछ । जटिलता युक्त प्रसूति समेत गराउने जनशक्ति यहि अस्पतालमा रहनेछन् । नगरपालिकाले स्वास्थ्य बिमाको प्राथमिक उपचार सबै यहि अस्पतालबाट गर्ने र थप उपचारका लागि मात्रै धुलिखेल अस्पताल पठाउने योजना बनाइरहेको छ ।
News Desk 0 response शुक्रबार, चैत्र ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३





