-
अर्थमन्त्री जनार्दन शर्माले आयात बढ्दा अर्थतन्त्र नै खतरामा परेको बताएका छन् । हरेक कुरामा परनिर्भरता बढ्दा अर्थतन्त्र नै सकसमा रहेको उनको भनाई छ ।
लेखनाथ महोत्सवलाई उद्घाटन गर्दै शर्माले भने, ‘जे कुरा पनि आयात गरिएको छ । खाद्यान्नदेखि विलासिताका बस्तुको आयातबाट मुलुकको ठूलो आर्थिक हिस्सा खर्चनु परेको छ । यसले विदेशी मुद्राको सञ्चिती घटेको छ ।’
अर्थतन्त्र सुदृढ बनाउन कृषि, पर्यटन र ऊर्जाको क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उनले बताए । निजी क्षेत्रले कृषि उत्पादनमा लगानी गर्न उनको सुझाव छ । उनले आयातलाई प्रतिस्थापन गर्न कृषिमा आत्मनिर्भर हुनुपर्ने तथा पर्यटनको विकास र ऊर्जाको खपत बढाउनु पर्नेमा जोड दिए ।
मन्त्री शर्माले पोखरा देखी काठमाडौंसम्मको यात्रालाई दुई घण्टामा व्यवस्थापन गर्ने गरी योजना बनाएको बताए । ‘पोखरा–काठमाडौं यात्रा २ घण्टाभन्दा बढी हुनु हुँदैन । यसपछि मात्रै यहाँको विकास तीव्र हुन्छ,’ शर्मा भन्छन्, ‘अहिलेको सडक विस्तार योजनामा भएका त्रुटिलाई सुधार गरेर व्यवस्थित बनाउनुपर्छ ।’ अहिले पोखरा–मुग्लीन सडक स्तरोन्नतीको काम सुरु भएको छ ।
मन्त्री शर्माले कोभिड र रुस–युक्रेनको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा समेत प्रभाव परेको बताए । यस्तै, पुँजीगत खर्च बढाउन अन्तर मन्त्रालयबिच समन्वयको अभाव देखिएकोले त्यसमा सुधारको प्रयास गरिएको उनको भनाई छ । आजदेखि सुरु भएको महोत्सव चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न बस्तु तथा सेवाका तीन सय भन्दा बढी स्टल राखिएका छन् ।
News Desk 0 response बिहिबार, फाल्गुन २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





