-
अर्थमन्त्री जनार्दन शर्माले आयात बढ्दा अर्थतन्त्र नै खतरामा परेको बताएका छन् । हरेक कुरामा परनिर्भरता बढ्दा अर्थतन्त्र नै सकसमा रहेको उनको भनाई छ ।
लेखनाथ महोत्सवलाई उद्घाटन गर्दै शर्माले भने, ‘जे कुरा पनि आयात गरिएको छ । खाद्यान्नदेखि विलासिताका बस्तुको आयातबाट मुलुकको ठूलो आर्थिक हिस्सा खर्चनु परेको छ । यसले विदेशी मुद्राको सञ्चिती घटेको छ ।’
अर्थतन्त्र सुदृढ बनाउन कृषि, पर्यटन र ऊर्जाको क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उनले बताए । निजी क्षेत्रले कृषि उत्पादनमा लगानी गर्न उनको सुझाव छ । उनले आयातलाई प्रतिस्थापन गर्न कृषिमा आत्मनिर्भर हुनुपर्ने तथा पर्यटनको विकास र ऊर्जाको खपत बढाउनु पर्नेमा जोड दिए ।
मन्त्री शर्माले पोखरा देखी काठमाडौंसम्मको यात्रालाई दुई घण्टामा व्यवस्थापन गर्ने गरी योजना बनाएको बताए । ‘पोखरा–काठमाडौं यात्रा २ घण्टाभन्दा बढी हुनु हुँदैन । यसपछि मात्रै यहाँको विकास तीव्र हुन्छ,’ शर्मा भन्छन्, ‘अहिलेको सडक विस्तार योजनामा भएका त्रुटिलाई सुधार गरेर व्यवस्थित बनाउनुपर्छ ।’ अहिले पोखरा–मुग्लीन सडक स्तरोन्नतीको काम सुरु भएको छ ।
मन्त्री शर्माले कोभिड र रुस–युक्रेनको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा समेत प्रभाव परेको बताए । यस्तै, पुँजीगत खर्च बढाउन अन्तर मन्त्रालयबिच समन्वयको अभाव देखिएकोले त्यसमा सुधारको प्रयास गरिएको उनको भनाई छ । आजदेखि सुरु भएको महोत्सव चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न बस्तु तथा सेवाका तीन सय भन्दा बढी स्टल राखिएका छन् ।
News Desk 0 response बिहिबार, फाल्गुन २६, २०७८
सम्बन्धित शीर्षकहरु
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह
शनिबार, चैत्र १९, २०७८बढ्यो सुनको मूल्य
शुक्रबार, चैत्र १८, २०७८नयाँ वर्षको अवशरमा मोटरहेडले ल्यायो ‘स्क्र्याच एण्ड क्याच अफर’
बुधबार, चैत्र १६, २०७८नेपालको समावेशी विकासका लागि विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
शुक्रबार, चैत्र ११, २०७८-
कर्पाेरेट क्रिकेट प्रतियोगितामा हिमालयन बैंकले उपाधि जित्न सफल
सोमवार, अशोज २२, २०८० -
कैलालीको अत्तरियामा तनाव
शनिबार, चैत्र १९, २०७८ -
सावधान : बजारमा फर्मालिन प्रयोग भएका माछा
शनिबार, चैत्र १९, २०७८ -
तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो
शनिबार, चैत्र १९, २०७८ -
नेपाल र भारतका प्रधामन्त्रीद्वारा रेल सेवाको उद्घाटनसँगै रेल आइपुग्यो जनकपुर
शनिबार, चैत्र १९, २०७८
-
सीमा सुरक्षामा मोदीको चासो
शनिबार, चैत्र १९, २०७८ -
नेपाल र भारतबीचको सीमा विवादको बिषयलाई राजनीतिकरण गर्न नहुने भारतको प्रतिक्रिया
शनिबार, चैत्र १९, २०७८ -
जनकपुर जयनगर रेल सेवा पूर्णरुपमा सुचारु भएसंगै जनप्रतिनिधि र स्थानीयवासी खुशी
शनिबार, चैत्र १९, २०७८ -
महाकाली सन्धिको अढाइ दशकपछि पञ्चेश्वरलाई गति दिन नेपाल र भारत सहमत
शनिबार, चैत्र १९, २०७८