• साताको अन्तिम कारोबारको दिन बिहीवार शेयर बजारमा भारी अंकले गिरावट आएको छ । १३ वटै उपसमूहको परिसूचक ओरालो लाग्दा नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २६६१ दशमलव ४४ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २ दशमलव १७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव १४ प्रतिशत घटेको छ ।

    वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव ०१ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, म्युचुअल फण्ड, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । आज ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार रुपैयाँ बराबरको ८४ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सबैभन्दा बढी नेशनल हाइड्रोपावरको २६ करोड ९७ लाख १६ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

4565