-
रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा सो सिँचाइ आयोजना रहेको छ ।
चार मेगावाट क्षमताको सो हाइड्रोपावर योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको छ । आयोजनाले भवन निर्माण र नहरको सबै काम सम्पन्न गरिसकेको छ भने अहिले उपकरण सामानको जडानको काम हुँदै आएको छ । गत वर्ष असार मसान्तसम्म मुख्य नहरमा पानी छाड्ने लक्ष्य भए पनि कोरोना सङ्क्रमणका कारण समयमै काम सम्पन्न हुन नसक्दा आयोजनाको काम लम्बिएको हो । आयोजनाले असार मसान्तसम्म सबै काम सम्पन्न गरेर मङ्सिर महिनाभित्र विद्युत् जलाउने लक्ष्य राखेको भए पनि अझै आयोजनाको काम सम्पन्न हुन समय लाग्ने भएको छ ।
सो आयोजना प्रमुख केदार श्रेष्ठले चालु आर्थिक वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गर्दै आएको जानकारी दिए । उनले कोरोनाका कारण समयमै आयोजनाको काम सम्पन्न गर्न नसकिएको जनाउँदै बाहिरी काम सम्पन्न भए पनि उपकरण जडानको काम सुरु भएको बताए । “काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ । सम्भवतः असार मसान्तभित्र काम सम्पन्न हुन्छ होला रु”, उनले भने, “गत कात्तिकमा आएको बाढीका कारण पनि आयोजनाको काम लम्बिएको हो । बाढीले आयोजनामा क्षति पुर्याउँदा त्यसको मर्मतसम्भारमा पनि समय लागेकाले आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको हो ।”
तुदी कन्स्ट्रक्शनले हाइड्रोपावर निर्माणको जिम्मा पाएको छ । हाइड्रोपावरसँगै छ किलोमिटर नहर र पाँच किलोमिटर कर्णाली नदीमा तटबन्धको जिम्मा पाएको कन्स्ट्रक्शनले तटबन्ध र नहरको काम सम्पन्न गरिसकेको छ । करिब रु दुई अर्बको लागतमा निर्माण भएको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले बताएको छ । हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् लम्की स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । चार दशमलव ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । राष्ट्रिय गौरवको आयोजनाले हाइड्रोपावरको आयोजनालाई विषेश महत्वका साथ लिएको छ ।
निर्माण कम्पनीका इञ्जीनियर उदय पोखरेलले असारसम्म विद्युत् उत्पादन गरेर हस्तान्तरण गर्ने गरी आयोजनाको काम भइरहेको बताएकाछन् । उनले नहर र तटबन्धको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र हाइड्रोपावरको ९० प्रतिशत काम सम्पन्न भएको जनाउँदै कोरोनाको सङ्क्रमणका कारण ढिलाइ भएको बताए । “हामीले गत आर्थिक वर्षको अन्तिमसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेका थियौँ । कोरोनाको कारण समयमै काम सम्पन्न गर्न नसक्दा त्यो हुन सकेन ।” उनले भने, “वैशाखसम्ममा हाइड्रोपावरको परीक्षण गर्ने तयारी गरेका छौँ । असारमा सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्छौँ ।”
उनले अहिले मेसिरेनरी जडानको काम भइरहेको जनाउँदै उपकरण जडानको काम सकिएपछि परीक्षण गरिने र त्यसपछि विद्युत् लाइन जोडेर लम्की विद्युत् स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि हस्तान्तरण गरिने बताउनुभयो ।रासस
News Desk 0 response बुधबार, फाल्गुन ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





