• साताको पहिलो दिन कारोबार शेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ४० दशमलव ५७ अंक घटेर २८३६ दशमलव १७ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २२८ कम्पनीको ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

    १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ५७ प्रतिशत घटेको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

4565