-
म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गएराति अविरल वर्षासँगै हिमपात भएको हो । हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । यहाँका पर्यटकीयस्थलमा भने चहलपहल सुरु भएको छ ।
News Desk 0 response शुक्रबार, माघ २१, २०७८उच्च पहाडी क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । बिहीबार साँझदेखि अहिलेसम्म डेढफिटसम्म हिउँ परेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । हिमपातका कारण स्थानीय लघुजलविद्युत् परियोजना अवरुद्ध भएको छ । धवलागिरि गाउँपालिकाको अधिकांश क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी रघुगङ्गा, मङ्गला, मालिका, अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकाको उच्च पहाडी भेगमा हिमपात भएको छ । सदरमुकाम बेनीदेखि नजिकैका पर्यटकीयस्थल रुइसे, टोड्केलगायतका स्थानमा हिउँ खेल्न आन्तरिक पर्यटक पुग्न थालेका छन् । हिमपात र वर्षापछि किसान उत्साहित छन् । गहुँ, जौँ, केराउलगायत हिउँदेबालीमा सिँचाइ र खेतमा मकै छर्ने तयारी गरेका किसानलाई वर्षा र हिमपातले राहत मिलेको छ ।
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३