-
म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गएराति अविरल वर्षासँगै हिमपात भएको हो । हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । यहाँका पर्यटकीयस्थलमा भने चहलपहल सुरु भएको छ ।
News Desk 0 response शुक्रबार, माघ २१, २०७८उच्च पहाडी क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । बिहीबार साँझदेखि अहिलेसम्म डेढफिटसम्म हिउँ परेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । हिमपातका कारण स्थानीय लघुजलविद्युत् परियोजना अवरुद्ध भएको छ । धवलागिरि गाउँपालिकाको अधिकांश क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी रघुगङ्गा, मङ्गला, मालिका, अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकाको उच्च पहाडी भेगमा हिमपात भएको छ । सदरमुकाम बेनीदेखि नजिकैका पर्यटकीयस्थल रुइसे, टोड्केलगायतका स्थानमा हिउँ खेल्न आन्तरिक पर्यटक पुग्न थालेका छन् । हिमपात र वर्षापछि किसान उत्साहित छन् । गहुँ, जौँ, केराउलगायत हिउँदेबालीमा सिँचाइ र खेतमा मकै छर्ने तयारी गरेका किसानलाई वर्षा र हिमपातले राहत मिलेको छ ।
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२