-
सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते प्रधानसेनपति खुला म्याराथन प्रतियोगिता हुने भएको छ । ‘मनोरञ्जनका लागि खेल एकता, सामूहिक भावना र सामाथ्र्य’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न म्याराथन बिधा समावेश गरिएको छ ।
नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ४२।१९५ किमी पुरुष म्याराथन तथा २१ किमी महिला÷पुरुष हाफ म्याराथन गर्न लागिएको केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिए ।
सैनिक अधिकृत र सैनिक सहचारी महिला÷पुरुषको सहभागितामा १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दामाथिका रथीबृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन पनि आयोजना हुने जानकारी दिइयो ।
म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ । हाफ म्याराथनमा पहिला, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगर पुरस्कार प्रदान गरिनेछ । म्याराथनमा प्रथम हुनेलाई सिसिक अटोमोबाइल प्रालिले यामाहा मोटरसाइक तथा काठमाडौँ महानगरपालिकाले स्पोन्सरस्वरुप हाफ म्याराथनकी विजयी महिला धावकलाई स्कुटर प्रदान गर्ने छ ।
म्याराथनमा द्वितीय हुने र हाफ म्याराथनमा प्रथम हुने पुरुष धावकलाई पुरस्कारस्वरुप पनि मोटरसाइकल उपलब्ध हुनेछ । ती सबै प्रतियोगितामा करिब एक हजार १५० धावकको सहभागिता हुने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा भाग लिन चाहनेलाई व्यक्तिगत र सस्थागतरूपमा शुक्रबारदेखि नाम दर्ताको व्यवस्था गरिएको सेनाले जनाएको छ । प्रतियोगितामा रक्षा मन्त्रालय, युवा तथा खेलकुद, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, पत्रकार खेलकुद मञ्चका धावक प्रतिनिधि तथा अन्य आमन्त्रितले भाग लिने छन् ।
सेनाले मनोरञ्जनका लागि खेल नामाकरण गरी ‘एकता नै बल हो, आउनुस् खेलका माध्यमबाट हातेमालो गरौँ’ भन्ने नाराका साथ विसं २०७२ बाट प्रतियोगिता आरम्भ गरेको हो । पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाहले सेनाबिनाको खेल अपूरो रहने भएकाले सङ्घले सेनाका खेल गतिविधिमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताए ।
सेनाका प्रवक्ता नारायण सिल्वालले नागरिक–सैनिक सम्बन्ध विकासमा प्रतियोगिता केही हदसम्म सफल रहे पनि आगामी दिनमा थप मेहेनत गर्न आवश्यक रहेको विचार प्रकट गरे ।रासस
News Desk 0 response बिहिबार, माघ २०, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२