-
पछिल्लो समय लगातार रुपमा बढ्दै आएको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार घटेको छ । दुई साता देखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ विन्दुमा झरेको छ । तर यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ ।
मंगलबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा कही बढेको छ । सोमबार ८ अर्ब तलको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ उपसमूहरु मध्ये ४ उपसमूहको सूचक बढेको छ भने बाँकी ७ उपसमूहको सूचकमा गिरावट आएको छ । त्यस्तै मंगलबारको कारोबारमा सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ । मध्य भोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ ।
तर, यता मानुषी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ ।
मंगलबारको कारोबारमा २८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको २८ करोड ७१ लाख, नेपाल दुरसञ्चार कम्पनीको २५ करोड १९ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
News Desk 0 response मङ्लबार, माघ ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





