-
महायज्ञ लगाएरै महादेव मूर्ति बनाउन थालिएको कास्कीको पुम्दीकोट अहिले पर्यटकीय गन्तब्यको रूपमा विकास हुँदै गएको छ । पोखरा आउने अधिकांश पर्यटक पुम्दीकोट पुगेर फर्किन्छन् । तर मूर्ति निर्माणको काम भने सकिएको छैन ।
हालसम्म आधा काम मात्रै पूरा भएको र बाँकी काम पूरा गर्न आर्थिक अभाव भएको निर्माण समितिले जनाएको छ । अपुग रकमको जोहो गर्न आयोजकले महापुराण लगाउन तयारी थालेको छ ।८ माघदेखि शिवपुराण लगाइने कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । योजनाअनुसारको काम सक्न अझै २० करोड आवश्यक पर्छ । हालसम्म २० करोडभन्दा बढीको काम भइसकेको उनले बताए । बाँकी रहेका काम सक्ने र थप योजनासमेत सार्वजनिक गरिएको छ ।
‘सुरुमा २० करोडको काम गर्ने भनेर योजना अघि बढेको छ । आवश्यक्ताअनुसार संरचना थप्दै जाँदा २० करोड लागत बढेको छ,’ उनले भने, ‘अहिलेसम्म ५० प्रतिशत काम सकियो । बाँकी काम पुराण लगाएर सक्छौं ।’ हालसम्म मूर्ति र डमरु निर्माण, कुण्ड, १०८ धारा, अन्तर्राष्ट्रिय ध्यान केन्द्र, शिवलिंग, स्वर्गद्वारी सिंढी, शौचालयसहित प्रशासकीय भवन, फूलमाला बिक्री कक्ष, कम्पाउन्ड वाल, पहुँच मार्ग निर्माण भइसकेको छ । अब सुमेरु पर्वत निर्माण, गणेश परिक्रमा, मोनोरेल निर्माणलगायत कार्यक्रम थप्ने तयारी गरिएको छ ।
यसैका लागि माघ ८ देखि १८ माघसम्म शिव महापुराण आयोजना गर्न लागिएको बरालले बताए । काम भएका योजनाको समेत चार करोड हाराहारी रकम तिर्न बाँकी रहेको पुम्दीकोट समितिले जनाएको छ । ‘एक करोड सहकारीमा ऋण छ । मान्छेका जग्गा राखेर ऋण निकालेका छौं । कसैसँग सापट मागेर चलायौं । कतै पसलमै तिर्न बाँकी छ,’ उनी भन्छन्, ‘यसैगरी चलिरहे धुर्मुस सुन्तलीको जस्तो अवस्था हुन्छ । हामी अहिले नै सचेत हुनुपर्ने भयो ।’ निर्माण नसकिँदै अहिले दैनिक बढीमा सात हजारजनासम्म पर्यटक पुग्ने गरेका छन् । टिकटको व्यवस्था छैन ।
महायज्ञका लागि समिति अध्यक्ष चन्द्रकान्त बरालको संयोजकत्वमा एक हजार आठ सदस्यीय मूल आयोजक समिति गठन भएको छ भने ३८ उपसमिति बनाइएको छ । यसअघि ३(१३ फागुन २०७३ सम्म पहिलो शिव महापुराण लगाइएको थियो ।गन्थनडककमबाट
News Desk 0 response बिहिबार, पुस २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





