• कुमारी बैंकको सिस्टम ह्याक गर्ने चेतावनी इमेल आएको छ । अज्ञात समूहले कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो ।कुमारी बैंकले ह्याक गर्ने इमेल पाएपछि त्यसको जानकारी राष्ट्र बैंकलाई दिइसकेको छ । साउदी ग्रुप अफ कम्पनी नामबाट उक्त इमेल पठाइएको छ ।

    राष्ट्र बैंकले पनि बैंकलाई सिस्टम हेर्न भनेको छ । वाणिज्य बैंकका साथै विकास बैंक र फाइनान्स कम्पनीलाई पनि अलर्टमा राखिएको छ ।गत साउनमा पनि राष्ट्र बैंकसहित १६ वटा बैंकिङ प्रणाली ह्याक गर्ने धम्कीसहितको म्यासेज फर्वार्ड र फोन आएको थियो । यता राष्ट्रबैकले हालसम्म त्यस्तो कुनै बैकको सिस्टम ह्याक नभएको दावी गरेको छ भने सबै सम्बन्धीत निकायलाई सावधानी अपनाउन भनेको छ ।

4565