-
अमेरिकी अन्तरिक्ष नियोग नासाले सबैभन्दा शक्तिशाली ‘द जेम्स वेब’ नाम गरेको टेलिस्कोप अन्तरिक्षमा प्रक्षेपण गरेको छ । नासा, युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले निर्माण गरेको संसारकै शक्तिशाली टेलिस्कोप क्रिसमसको दिन पारेर अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।
फ्रेन्च गुएनामा रहेको अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको टेलिस्कोप अहिलेसम्मकै धेरै क्षमतायुक्त मानिएको छ । यसले ब्रह्माण्डको उत्पत्ति तथा सौर्यमण्डलभन्दा बाहिर रहेका पृथ्वी जस्तै अरु ग्रहको खोजीमा सहयोग गर्ने वैज्ञानिकहरुले अपेक्षा गरेका छन । यसले अन्तरीक्षबाट पृथ्वीमा उडेको चराको तस्बिर पनि निकै स्पष्ट रुपमा खिच्न सक्ने बताइएको छ ।
यसले ब्रम्हाण्डको सुरुआतमा निर्माण भएका अन्तरिक्ष, उल्कापिण्ड र ग्रहका बारेमा पत्ता लगाउनुका साथै एलियनको उपस्थिति र ब्रम्हाण्डको रहस्य पनि पत्ता लगाउने छ । टेलिस्कोप पृथ्वीबाट एक दशमलब पाँच मिलियन किलोमिटरको यात्रा तय गरी अन्तरिक्षमा पुग्ने छ । टेलिस्कोप बनाउनका लागि नौ अर्ब अमेरिकी डलर खर्च भएको छ । टेलिस्कोप सन् १९९० मा प्रक्षेपण गरिएको हब्बल टेलिस्कोपभन्दा सय गुणा शक्तिशाली छ ।
News Desk 0 response आइतवार, पुस ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३