-
शेयर बजार परिसूचक नेप्से २६ सय विन्दु नजिक पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७१ दशमलव २० अंक बढेर २५९१ दशमलव ४२ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि सुधार भएको छ । आज २३१ कम्पनीको ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको ८६ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भयो ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ । बीमा कम्पनीहरुको शेयरमा लगानीकर्ताहरुको विशेष आकर्षण देखिएको छ । सबैभन्दा बढी जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ९ दशमलव ७८ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक ८ दशमलव १७ प्रतिशत बढेको छ ।
बीमा कम्पनीका चुक्ता पूँजी बढाउने हल्लाले अधिकांश जीवन बीमा कम्पनीको शेयर सर्किट लेबलमा कारोबार भएको छ । सबैभन्दा बढी नविल बैंकको ३२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
News Desk 0 response आइतवार, पुस ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





