• शेयर बजारमा नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेप्से परिसूचक १२ दशमलव ५३ अंक बढेर २५२० दशमलव २३ विन्दुमा पुगेको छ । कोरोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।

    आज २२९ कम्पनीको ४ अर्ब ४९ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको ८३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भयो । आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ ।

4565