• किसानका लागि सरकारले धान खरिद प्रक्रिया झन्झटिलो हुँदा बाँकेका किसानलाले उत्पादन गरेको धान बिक्रि गर्न अफ्टेरो भएको छ । समयमै किसानले उत्पादन गरेको धान खरिद नहुँदा निरास भएका किसान खरिद प्रक्रिया अगाडि बढ्दा पनि परिक्षण गरेर बिक्रि गर्न मुस्किल भएपछि किसानहरु आक्रोसित बनेका छन् ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मूख्य शाखा कार्यालय नेपालगन्जले धान खरिद प्रक्रिया शुरु गरेको चौथो दिन सम्म आईपुग्दा निकै सकस भएको छ । यस बर्ष धान भित्र्याउने सिजनमा बर्षातका कारण धान भिजेकाले परिक्षण बिना धान खरिद गर्न नसकिने अवस्था भएपछि धान खरिद प्रकृया ढिलो भएको हो । यहि मंसिर २६ गतेबाट धान खरिद प्रकृया अगाडी बढाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मूख्य शाखा कार्यालय नेपालगन्जले तेश्रो दिन सम्म जम्मा ३५ क्विन्टल ७० किलो मात्र धान खरिद गरेको छ । एक दिनमा १० जना किसानको धान खरिद गर्न परिक्षण गरेर मात्र खरिद प्रकृया अघि बढ्ने भएपछि किसानहरु आक्रोसित भएका छन् । खर्च टार्नकै लागि पैसा नभएर धान बिक्रि गर्न बिहान ६ बजे देखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुग्नु पर्ने बाध्यता किसानको छ ।

    धान खरिद गरेको ३ दिन सम्म ३५ क्विन्टल ७० किलो मोटा धान खरिद गरिएको भन्दै यस बर्ष बिक्रिका लागि आएको अधिकांश धान पानीले भिजेर टुसा उम्रने गरेको खाद्य लिमिटेडको भनाई छ ।अधिकांश धान भिजेको र सफा नभएपछि परिक्षण गर्न समय लाग्ने भएपछि खरिद प्रकृया अझ लम्बिन सक्ने देखिएको छ ।

4565