-
रुसले युक्रेनमाथि आक्रमण गरे कडा प्रतिक्रिया जनाउने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन ररुसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको भिडिओ वार्ताका क्रममा अमेरिकाले यस्तो चेतावनी दिएको हो । युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रासबीच अमेरिकाको पछिल्लो प्रतिक्रिया आएको हो ।
करिव दुई घन्टा लामो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गर्दै आर्थिक तथा अन्य प्रतिक्रियाको धम्की दिएका हुन ।
पछिल्लो समय युक्रेनसँगको सीमा नजिकै रुसले सैन्य उपस्थिति बढाएको छ । अमेरिकी राष्ट्रपतिसँगको छलफलका क्रममा रुसले युक्रेनलाई आक्रमण नगर्ने जनाएको छ । छलफलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि उक्साहटपूर्ण कार्यहरू गरेको आरोप लगाएका छन् ।
उनले रुसनजिक हतियार तैनाथ नगर्ने र पूर्वतर्फ उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार नगरिने विषयमा प्रत्याभूतिको माग गरेका छन । रुसले छलफल स्पष्ट रहेको बताउँदै दुई देशले संवेदनशील विषयहरूमा मिलेर कामहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
News Desk 0 response बुधबार, मंसिर २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३