-
साताको पहिलो दिन आइतबार शेयर बजारमा मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेप्से परिसूचक दुई साता देखि निरन्तर रुपमा गिरावट आइरहेको छ । त्यसैको निरन्तरता जस्तै आइतबार पनि कारोबारमा गिरावट आएकोछ । आतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा झरेको छ ।
आज कारोबारमा आएका २२६ कम्पनीको ८९ लाख २० हजार कित्ता शेयर ४ अर्ब ९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.९ प्रतिशत, फ्लोट इण्डेक्स ३.१५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७३ प्रतिशत घटेको छ ।
आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबै भन्दा बढी ४.५४ प्रतिशत घटेको छ । त्यस्तै, व्यापार ४.२९ र विकास बैंक उपसमूहको परिसूचक ४.२७ ,जलविद्युत ३.२९, अन्य र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । बैंकिङ्ग २.३३, होटल तथा पर्यटन २.२७ , निर्जीवन बीमा २.१६ , उत्पादन तथा प्रशोधन २.०८, लघुवित्त २.६४ र जीवन बीमा उपसमूहको परिसूचक २.२७ प्रतिशतले घटेको छ ।
आज समग्र शेयर बजार ओरालो लागेपनि न्यादी पावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नयाँ सारथी लघुवित्त, आईसीएफसी फाइनान्स र सबैको लघुवित्तको शेयरमूल्य भने घटेको छ। आज कारोबारका आधारमा सबै भन्दा धेरै नेशनल हाइड्रोपावरको २८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै ,हिमालयन डिष्टिलरी, नेपाल टेलिकम र नबिल बैंकको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
News Desk 0 response आइतवार, मंसिर १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





