-
पथलैया विरगंजका उद्योगीहरुले विद्युत प्राधिकरणको कर्मचारीका कारण आफुहरु पिडित रहेको बताएका छन् । शनिवार यस क्षेत्रको उद्योगहरुको अनुगमनमा आएका नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसंगको कुराकानिमा उद्योगीहरुले आफ्नो समस्यमा राखेका हुन् ।
बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको सभा हलमा घिसिङ्गसंग आफ्नो गुनासो राख्ने क्रममा उद्योगीहरुले दिनमा २० देखि २५ पटक विद्युत ट्रिपीङ्ग हुने, विद्युतका कर्मचारीले काम गर्न आउदा सवारी चालकदेखि सबैलाई पैसाले खुसी पार्नुपर्ने लगाएका कारणले आफुहरु पिडित रहेको बताएका छन् ।
यता नेपाल विद्युत प्राधिकरण प्रदेश नम्बर २ का निर्देशक मुनिन्द्र ठाकुरले प्राधिकरण अब विद्युत बेचने अवस्थामा पुगेको र यस कार्यमा कहीकसैबाट रोकावट नहुने बताए । उनले कर्मचारीले कुनै समस्या सृजना गरे आफुलाई तत्काल सम्पर्क गर्न सबै ब्यवसायीलाई आग्रह गरे ।
पथलैया विरगंज औद्योगीक करिडोरमा विद्युतीकरणको अवस्था र यस क्षेत्रमा विद्युत आपुर्तीको आवश्यक्ताको बारेमा स्थलगत अनुगमनमा आएका नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले प्रदेश नम्बर २ मा ३३ के.भि. र ११ के.भि. सिस्टमलाइ अपग्रेट गर्ने टाटा प्रोजेक्ट मार्फत करिब ५ अरबको काम भैरहेको बताएका छन ।
उद्यागीहरुसंगको कुराकानिमा घिसिङ्गले बाराको परवानिपुर र पर्साको पोखरीया क्षेत्रमा उद्योगहरु आउने सम्भावना रहेकोले यस क्षेत्रलाई विशेष प्राथमिक्तामा राखेर परवानिपुर पोखरीया सम्म ४ सय केभिएको लाईन प्रशारण गर्ने काम शुरु भैरहेको बताए । उनले प्रदेश नम्बर २ को लाईफलाईनको रुपमा रहेको हुलाकी सडकको आसपासबाट हाई भोल्टेज ट्रान्समिसन लाईन लग्ने तैयारी भैरहेको जनाएका छन ।
अनुगमन टोलीमा नेपाल विद्युत प्राधिकरणका प्रदेश नम्बर २ को कार्यलयका साथै बारा र पर्साका कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
News Desk 0 response शनिबार, मंसिर १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





