• कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दक्षिण अफ्रिकामा तीव्र गतिमा फैलिएको छ । ओमिक्रोन भेरियन्टका कारण नयाँ संक्रमण बढेको हो । पछिल्लो एकै दिन दक्षिण अफ्रिकामा ११ हजार पाँच सय नयाँ संक्रमित थपिएका छन् ।

    अघिल्लो दिन नयाँ संक्रमितको संख्या ८ हजार पाँच सय थियो । दक्षिण अफ्रिकामा नोभेम्बरको मध्यसम्म दैनिक संक्रमणदर दुई देखि तीन सय मात्रै रहेको थियो । कोरोना भाइरसको अरु भेरियन्टबाट संक्रमित भएकाहरु पनि फेरि संक्रमित भइरहेका छन् ।

    ओमिक्रोनबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्नबाट भने खोपले जोगाउने विश्वास गरिएको छ । पहिलो पटक नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोन अहिलेसम्म विश्वका विभिन्न देशमा फैलिइसकेको छ । ओमिक्रोन झण्डै ५० वटा म्युटेशनबाट विकास भएको हो । यति धेरै म्युटेशन यसअघिका भेरियन्टमा देखिएको थिएन ।

4565