• शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताएकी छन् । मंगलबार जलवायु परिवर्तनसँग सुहाउँदो शहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएकी हुन् । मन्त्री झाँक्रीले कागजमा कार्यक्रम ल्याएर मात्रै नपुग्ने भन्दै सबैले आफ्नो क्षेत्रबाट आगामी ३० वर्षमा नेपालका विभिन्न शहरलाई नयाँ शहर बनाउने अवधारणाअनुरुप काम गर्नुपर्ने बताइन् ।

    मन्त्री झाँक्रीले वस्तु र सेवाको उत्पादन बन्नुपर्ने काठमाडौं वस्तु र सेवाको उपभोगको केन्द्र बनेको बताइन् । उनले काठमाडौंमा मेट्रो रेल चलाएर ट्राफिक जामको व्यवस्थापन गर्न सकिन्छ भन्नेहरुले त्यसको बारेमा अध्ययन नगरी जाने सुनेको भरमा मात्रै भन्दै हिँडेको गुनासो गरिन् ।

    मन्त्री झाँक्रीले नयाँ शहर, मेगा शहर र स्मार्ट सिटी बनाउनको लागि अध्ययन र अनुसन्धानको खाँचो रहेको बताइन् ।

4565