-
रुसको एक कोइला खानीमा भएको दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको छ । खानीभित्र बाहिरको हावा जाने ठाउँमा आगलागी भएपछि निसास्सिएर मजदुरहरुको मृत्यु भएको हो । दुर्घटनामा परी ४९ जना मजदुर घाइते भएका छन् ।
उनीहरुमध्ये चारजनाको अवस्था गम्भीर छ । २ सय ८५ जना काम गरिरहेको खानीमा दुर्घटनापछि अधिकांश भने भागेका थिए । दुर्घटनापछि खानीमा ठूलो मात्रामा मिथेन ग्यास निस्किएसँगै उद्धार कार्य रोकिएको छ । ग्यासका कारण खानीमा पुन विष्फोट हुन सक्ने आशंका गरिएको छ ।
यसअघि खानीमा फसेका मानिसको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको थियो । खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । केमेरोभो क्षेत्रमा रहेको यो खानी राजधानी सहर मस्कोबाट ३ हजार ५ सय किलोमिटर टाढा रहेको छ । खानी दुर्घटना रुसको लागि पछिल्लो एक दशकयताकै सबैभन्दा ठूलो संकट मानिएको छ ।
News Desk 0 response शुक्रबार, मंसिर १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३