-
अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रण गरेको १०० दिनमा त्यहाँबाट प्रकाशन तथा प्रशारण हुँदै आएका २५७ सञ्चारमाध्यम बन्द भएको अफगानिस्तानमा सञ्चारमाध्यमको गतिविधि अनुगमन गर्न बनेको नवगठित संस्था नेहाद रसाना–ए–अफगानिस्तान एनएआई ले बुधबार जानकारी गराएको छ ।
अगस्तमा तालिबानले काबुल कब्जा गरेपछि सञ्चारमाध्यममा प्रतिबन्धका कारण कम्तीमा २५७ मिडिया आउटलेटहरू बन्द भएका उक्त संस्थाले जनाएको छ । साथै अन्य सञ्चारमाध्यमले पनि अभिव्यक्ति स्वतन्त्रताका लागि काम गर्न नसकिरहेको बताइएको छ ।
टोलो न्युजका अनुसार सञ्चारमाध्यम बन्द गर्दा मुद्रण, रेडियो र टिभी स्टेसनहरूमा काम गर्ने ७० प्रतिशतभन्दा बढी सञ्चार कर्मीहरूले रोजगारी गुमाएका छन् । उनीहरूमध्ये धेरै विदेश पलायन भएका उल्लेख गरिएको छ ।
अफगानिस्तानले सञ्चार माध्यमको सञ्चालनका लागि दुई सिद्धान्तहरूको सूची जारी गरेको छ जसले देशमा सञ्चारमाध्यमको गतिविधिप्रति प्रतिबन्ध लगाएकोमा तालिवान नेतृत्वको सरकारप्रति सञ्चारमाध्यम तथा त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीले चासो व्यक्त गरेका छन् ।
टोलो न्युजले एक जना पत्रकारको भनाइ उद्धृत गर्दै लेखेको छ, “उनीहरूले इस्लामिक इमिरेट संवाददाताका लागि काम गर्ने भनेका थिए, तर हामी यसबाट सकारात्मक परिणाम आउने देख्दैनौं ।”
वरिष्ठ सञ्चारकर्मी अब्दुरकिब फयाजले भन्नुभयो,“हालै सूचनाको पहुँच सीमित भएको छ जसले गर्दा संवाददाताहरूलाई समस्या उत्पन्न भएका छन् । सञ्चारमाध्यमलाई नियन्त्रण गर्न विभागीय मन्त्रालयले ल्याएको पछिल्लो नीतिले सञ्चारमाध्यमका गतिविधिमा प्रतिबन्धको चिन्ता बढाएको छ ।”
तालिबान शासनको यी १०० दिनहरूमा अज्ञात सशस्त्र मानिसहरूको आक्रमण, विस्फोट, आत्महत्या र ट्राफिक घटनालगायत विभिन्न घटनाहरूमा छ जना संवाददाताले ज्यान गुमाएका अफगान सञ्चार माध्यमले अध्ययन प्रतिवेदनलाई उल्लेख गदै लेखेका छन् ।
पत्रकार जन अका हकीमीले सञ्चारमाध्यममा तालिवान नेतृत्वको कारण आएको समस्याबारे भने, “अफगानिस्तानमा पछिल्ला केही महिना यता सञ्चारमाध्यमले आर्थिक समस्या झेलिरहेका छन् । धेरै सञ्चारकर्मीले आफ्नो रोजिरोटी गुमाएका छन् ।”
News Desk 0 response बुधबार, मंसिर ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३





