-
कोरोना संक्रमण बढेसँगै अष्ट्रियाले पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । अष्ट्रियाका चान्सलर एलेक्जेन्डर स्केलेन्वर्गले यो लकडाउन बढीमा २० दिनसम्म जारी रहने गरी आगामी सोमबारदेखि लकडाउनको घोषणा गरेका हुन ।
खोप नलगाएका मानिसका लागि मात्र लकडाउनको घोषणा गर्दा पनि संक्रमण नघटेपछि लकडाउनको घोषणा गरिएको हो । पछिल्लो एक सातामा अष्ट्रियामा एक लाख व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । सीमा नाकाहरुमा कडाइ गर्नुका साथै सार्वजनिक स्थल, क्लब, डिस्को र पबहरु सञ्चालनमा पनि रोक लगाइएको छ ।
कोरोना भाइरस विरुद्धको खोपलाई अनिवार्य बनाउने पनि चान्सलर एलेक्जेन्डरले बताएका छन । फेब्रुअरीदेखि अष्ट्रियामा कोरोना खोप लगाएको प्रमाण कानुनी प्रक्रियाको रुपमा व्यवस्था गरिने उनले उल्लेख गरेका छन । अष्ट्रिया युरोपमा सबैभन्दा सुस्त कोरोना खोप अभियान चलाउनेमध्येको एक मुलुक हो ।
त्यहा ३५ प्रतिशत नागरिक अझै खोप लगाएका छैनन । पछिल्लो समय अष्ट्रियासँगै युरोपमा कोरोना संक्रमण फैलिएको छ । धेरै युरापेली मुलुकले संक्रमण बढेसँगै प्रतिबन्धका नियम लागू गरेका छन ।
News Desk 0 response शनिबार, मंसिर ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३