-
नेपाल हाईडो डिप्लोपर लिमिटेड चर्नावती खोला जलबिधुत आयोजनाले बाताबरणीय प्रभाव न्युनिकरण सम्बन्धि गरेको १४ बुध्दे समझारी ११ बर्ष सम्म कार्यन्वयन नगरेको भन्दै स्थानीय नागरिक आन्दोलनमा उत्रिने भएकाछन।आयोजना निमार्ण गर्दै सहकारी मार्फत बार्षिक ५ लाखको दरले प्रत्यक प्रभावित क्षेत्रका नागरिकलाई बाताबरणीय प्रभाव न्युनिकरण दिने भनी सम्झौता गरे पनि हाल सम्म नदिएकोले आन्दोलनमा उत्रिन बाध्य भएको वडा अध्यक्ष रामचन्द्र बस्नेतले बताए ।
सम्झौतामा खोलाको १० प्रतिशत पानी जंगली जनावर ,चराचुरुङ्गी तथा स्थानीयको खेतबारीमा सिंचाइको लागि छोडिदिने भनियता पनी हाल सम्म नछाडेको अध्यक्ष बस्नेतले बताए । प्रभावित क्षेत्रका नागरिकलाई शेयर दिए पछि आयोजनाका संचालाकहरू ११ बर्ष सम्म कुम्भ कर्णकाझैं निन्द्रामा परेको आरोप वडा अध्यक्षको रहेको छ।
आयोजना निर्णयको सुरूको चरण देखि स्थानीय नागरिकलाई मानसिक तनाव दिदै जनता जनता बिच जुधाउने बजाउने गरेको आयोजनाले हाल पनि शान्ति नदिएको स्थानीयको आरोप छ । स्थानीय समाज सेवि बाबुकाजी बस्नेत भन्छन शेरका नाममा जनताहरूको आँखामा आयोजनाले छारो हालेको छ।
२०६७ सालमा निमार्ण कार्य सुरू भएको यो जलविद्युत आयोजनाले ३ दशमलव ५२ मेगावाट बिधुत उत्पादन गर्नु पर्नेमा हाल ३ मेगावाट मात्र उत्पादन गरेकोछ । प्राविधि त्रुटि लगायत विभिन्न कारण उत्पादनमा कमि आएकोछ ।बर्षाको समय मासिक ९० देखि ९२ लाख र हिउँदमा ६० देखि ६५ लाखको बिधुत खपत हुने गरेको आयोजनाका साईट ईन्चार्ज नविनकुमार घिसिङले जानकारी दिए। प्रभावित श्रेत्रका नागरिकको स्वामित्वमा रहने गरि आयोजनाले ६० लाख लगानी गरि सदरमुकाममा सहकारी स्थपना गरेको साईट ईन्चार्ज घिसिङले बताए। आयोजनाले स्थानीयवासीलाई रोजगारीको समेत ब्यावस्था गरेको उनले बताए ।
प्रभावित क्षेत्रका नागरिकले शेयरका लागि लगानी गरेको रकमको १५ प्रतिशतले रकमको मात्र शेयर दिएको थियोे ।समाजमा रहेका टाठा बाठा समान्तीहरूलाई भने विभिन्न नाममा बढि शेयर दिएको स्थानीयको आरोप छ ।करिब ७० करोडको लगानीमा निमार्ण सम्पन्न भएको आयोजनाले २०७१ सालबाट बिधुत उत्पादन गरेको थियोे ।चर्नावती हाईडो पावरले उत्पादन गरेकोबिधुत सदरमुकाम नजिकै मकैबारी स्वस्टेशनमा पठाउने गरेकोछ।
News Desk 0 response बिहिबार, मंसिर २, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





