-
एक्कासी आएको आँधीले क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तका ठुलो क्षति पु¥याएको छ । आँधीले सडक र रेल सञ्जालमा अवरोध पुगेपछि ब्रिटिश कोलम्बियामा संकटकाल घोषणा गरिएको छ । संकटकालीन अवस्थाले सडक र रेल सेवालाई पुनः सुरु गर्न सहयोग पुग्ने बताइएको छ ।
आइतवार राति आएको आँधीवाट हजारौँ मानिसहरू प्रभावित भएका छन । आँधीपछिको पहिरोमा परेर एकजनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन । विपद्बाट प्रभावित क्षेत्रमा राहत र उद्दारका लागि सेना परिचालन गरिएको छ । प्रभावित क्षेत्रबाट कैयौँ मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ । आँधीपछि पहाडी क्षेत्रका सहरहरूसँग सम्पर्क टुटेको छ ।
सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो पनि अवरुद्ध भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन् । सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने पनि उनले बताएका छन । आँधीका कारण एक महिनामा पर्ने औसत पानी चौबिस घण्टाभित्रै परेको बताइएको छ । त्यस्तो अवस्था उत्पन्न हुनुमा जलवायु परिवर्तन कारक रहेको हुनसक्ने अनुमान गरिएको छ ।
News Desk 0 response बिहिबार, मंसिर २, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३