-
पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुरद्वारा क्षेत्रमा पर्यटकलाई लक्षित गर्दै पर्यटन व्यवसायीले लगानी बढाएका छन् । पछिल्लो समय कोरोनाका कारण धरासायी बनेको पर्यटन व्यवसाय फेरी पुरानै लयमा फर्काउन सरकारले राहतका प्याकेज ल्याउनु पर्ने व्यवसायी माग छ ।
पर्यटक आवागमनलाई लक्षित गर्दै बर्दिया ठाकुरद्वराका पर्यटन व्यवसायीहरुले सुविधा सम्पन्न होटल तथा रिसोर्ट संचालनमा ल्याएका छन् । पर्यटन व्यवसायीहरुले लगानी बढाइरहँदा कोरोनाका कारण पछिल्लो समय बर्दिया राट्रिय निकुञ्ज विगतमा लामो समय बन्द रहेकाले व्यवसायमा नकारात्मक असर परेकाले राहतका प्याकेज ल्याउन व्यवसायीहरुले माग गरेका छन् ।
पर्यटकका लागि प्याकेज दिएर पर्यटन प्रवद्र्धन गर्दै आएका ब्यबसायीहरुले भारतका ट्राभल एजेन्सीलाई सरकारी स्तरबाटै समन्वय गरेर पर्यटक भित्र्याउने वातावरण बनाउन समेत माग गरेका छन ।
बाघ हेर्नको लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती, गैडा, चितल, जरायो र गोही हेरेर मनोरञ्जन लिन सकिन्छ । गत असोज १ गतेदेखि बर्दिया राष्ट्रिय निकुञ्ज खुला भएसंगै पर्यटक आवागमन बढ्दै गएको छ । व्यवसायीहरुले जंगल सफारी लगायतका प्याकेज दिएर पर्यटकको मन जित्ने गरेका छन् । जैविक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरु देश बिदेशबाट पुग्ने गरेका छन ।
News Desk 0 response बुधबार, कार्तिक २४, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





