-
जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी यहि कार्तिक २६ गतेदेखि हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस कार्तिक २६ गतेदेखि मंसिर १३ गतेसम्म १८ दिन काठमाडौंको भृकृटीमण्डलमा प्रदर्शनी गर्न लागेको जानकारी दिएको हो ।
स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ गर्न लागिएको प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका ६० वटा भन्दा बढी स्टल राखिनेछन् । प्रदर्शनीमा जुत्ता चप्पल तथा अन्य वस्तुको खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट दिइने आयोजकले बताएका छन ।
एशोसियसनले बर्षको दुई पटक काठमाडौंमा र हरेक प्रदेशमा बर्षमा एक पटक व्यापारी मेला आयोजना गर्दै आएको छ । एशोसियसनले गत बर्षको माघ फाल्गुणमा पनि मेला आयोजना गरेको थियो । तर, हरेक बर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी भने विगत २ बर्षदेखि कारोनाका कारण स्थगित गर्दै आएको छ ।
आम नेपालीहरुमा स्वदेशी जुत्ता चप्पल लगाउने बानीको विकास गरी स्वदेशी उद्योगको प्रबद्र्धनका लागि प्रदर्शनीलाई निरन्तरता दिन लागेको आयोजकले बताएको छ । नेपालमा हाल साना ठूला गरी १ हजार ५ सय २१ वटा जुत्ता चप्पल उद्योग छन् र ती उद्योगमा २० अर्ब भन्दा धेरै रुपैयाँको लगानी छ ।
News Desk 0 response मङ्लबार, कार्तिक २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





