-
भोजपुरमा चरण क्षेत्रको अभावले परम्परागत रुपमा गरिदै आएको भेडापालन व्यवसाय संकटमा पर्न थालेकोे छ । चरण क्षेत्रको अभावसँगै नयाँ पुस्ताको रोजाईमा नपर्दा यो व्यवसाय संकटमा पर्ने अवस्था आएको हो ।
भोजपुरको माथिल्लो भेगका अधिकांश ठाउँका स्थानीयको मुख्य पेशाको रूपमा रहेको भेडापालन व्यवसाय चरन क्षेत्रको अभावले संकटमा पर्न थालेको हो । भेडापालनबाट राम्रै आम्दानी हुने भए पनि चरण क्षेत्र खुल्ला नहुँदा तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा व्यवसाय संकटमा पर्ने अवस्था भएको भेडापालक कृषकहरुको भनाइ छ ।
हरेक दुख कष्टका खेपेर वर्षभरि लेकवेंसी गर्दै भेडापालन व्यवसाय गरिरहेको भएपनि सामुदायिक वनले चरीचरणमा रोक लगाएपछि व्यावसाय सञ्चालनमा समस्या हुने गरेको उनीहरुको भनाइ छ ।
जिल्लाको टेम्के, सिलिचुङ, चखेवा, मैयुङ, किमालुङ लगाएतका माथिल्लो भेगमा कृषकहरुले भेडापालन गर्दै आएका छन् । केही वर्ष अघिसम्म यहाँका अधिकांश मानिसको पेशा नै भेडापालन भएपनि अहिले यो पेशाप्रतिको आकर्षण क्रमिक रूपमा घट्दै गएको कृषकहरुको भनाइ छ ।
चरण क्षेत्रको अभावसँगै नयाँ पुस्ताका युवामा वैदेशिक रोजगारप्रतिको मोहका कारण पनि यो पेशा संकटमा परेको हो । भेडाको ऊनबाट राडी, लुकुनी, ज्वारीकोट लगाएको सामग्री बनाउन सकिन्छ । राडी, पाखी बनाउने जनशक्ति अभावका कारण यस्तो सामग्रीको उत्पादनमा समेत कमि आएको कृषकको भनाइ छ ।
भेडापालन व्यवसायमा धेरै दुःख गर्नु पर्ने किसानको भनाइ छ । सामुदायिक वनहरुले चरिचरणमा रोक लगाउदा व्यवसाय संकटमा पर्दै गएको प्रति उनीहरु चिन्तित रहेका छन् । यसर्थ परम्परागत खालका यस्ता व्यवसायमा लाग्ने कृषकहरुलाई सरकारले प्रोत्साहन गर्न आवश्यक छ ।
News Desk 0 response सोमवार, कार्तिक २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





