-
भारतको महाराष्ट्रमा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। महाराष्ट्रको अहमदनगर जिल्लाको डिस्ट्रिक्ट अस्पतालको आइसीयुमा शनिबार विहान आगलागी हुँदा कोरोना संक्रमित विरामीको मृत्यु भएको हो ।
आगलागीमा परेर अन्य छ जना घाइते भएका छन् । आगो लाग्दा आइसीयुमा २० बिरामी उपचार गराइरहेका थिए । छ जना विरामीको भेन्टिलेटरको सहारामा उपचार भैरहेको थियो । नौ जना विरामीलाई आगोले असर नगरेको बताईएको छ । घटनापछि अस्पतालमा भर्ना भएका बिरामीहरुलाई अन्यत्र रिफर गरिएको छ। अस्पतालको हालसालै निर्मित आइसियु वार्डमा आगो लागेको हो ।
उक्त वार्डमा कोरोनाका बिरामी राख्ने गरिएको थियो । अस्पतालको फायर सेफ्टीमा रहेको कमजोरीका कारण आगलागीले विध्वंसात्मक रुप लिएको अनुमान गरिएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगो सुरक्षा सम्वन्धी जाँच गराएको÷नगराएको विषयमा छानबिन गरिने र दोषी पाइए कारबाही गरिने बताइएको छ । मृतकका परिवारलाई क्षतिपूर्ति दिइने बताइएको छ ।
News Desk 0 response शनिबार, कार्तिक २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३