-
अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएका दुई विस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ३ पुगेको छ । विस्फोटमा परी घाइते हुनेको संख्या दुई सयभन्दा बढी छ ।
गम्भिर घाइते धेरै रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने बताइएको छ । ज्यान गुमाउनेमा ६२ जना अफगान नागरिक, १३ जना अमेरिकी सैनिक र २८ जना तालिवानका सदस्यहरु रहेका छन् । विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू घाइते भएको बताईएको छ । बम आक्रमणको जिम्मेवारी आईएसआईएसको खुरासान समूहले लिएको छ । घटनापछि काबुलको विमानस्थलबाट हुने सबै उडान रद्द गरिएका छन् ।
पहिलो विस्फोट हामिद कारजाई विमानस्थलको अब्बे गेटमा र अर्को आक्रमण बेलायती सैनिक बसिरहेको विमानस्थल नजिकै बैरन होटलछेउ गरिएको थियो । आक्रमणमा दुई जना आत्मघाती आक्रमणकारी र एक बन्दुकधारी संलग्न रहेको बताइएको छ । अमेरिका र बेलायतले काबुलस्थित आइएसले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएका थिए । अमेरिकी राष्ट्रपति जो बाईडेनले आक्रमणपछि पनि हवाई उद्धार कार्य जारी नै रहने बताएका छन । उनले आक्रमणकारीलाई खोजी खोजी मार्ने चेतावनी दिएका छन ।
घटनाको भर्त्सना गर्दै बाइडेनले अरूको ज्यान बचाउन खटिएका सैनिकको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । तालिबानले अफगास्नितान कब्जा गरेपछि अहिलेसम्म एक लाख मानिसको उद्दार भएको छ ।
News Desk 0 response शुक्रबार, भदौ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३